९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

आज ५ अर्ब २० कराेडको ट्रेजरी बाेलकबाेल गर्दै राष्ट्र बैंक

३ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज मंगलबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख ५ गते परिपक्क हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:३४