२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमालेले प्राप्त गरेका ८ मन्त्रालय यी हुन, को को बन्दैछन मन्त्री र राज्यमन्त्री ?

३ माघ, काठमाडाैँ । नेकपा एमालेले एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी गराउने भएको छ । एमालेले यसअघि उपप्रधान तथा अर्थ मन्त्रालयमा उपाध्यक्ष विष्णु पाैडेललाई पठाई सकेको छ । तीन जना विना विभागिय मन्त्रीमा सरकारमा सहभागी भएका छन । बैतडीका दामोदर भण्डारी, बाराकी ज्वालाकुमारी साह र धनकुटाका राजेन्द्र राईले मन्त्रीको सपथ खाइसकेको भए पनि जिम्मेवारी पाएका छैनन् ।

एमालेले अब बाँकी चार जनामा प्रदेश नम्बर १ बाट सुनसरीकी भगवती चाैधरी र झापाका एलपी साँवा मध्ये एक, प्रदेश नम्बर २ बाट सर्लाहीका हरि उप्रेती, गण्डकीबाट पदम गिरी र विद्या भट्टराई मध्ये एक जनालाई मन्त्री बनाउने छ ।

त्यस्तै लुम्बिनीबाट कपिलवस्तुका बलराम अधिकारी र पाल्पाका ठाकुर गैरे मध्ये एक जना मन्त्री हुनेछन । त्यस्तै राज्यमन्त्रीमा बागमतीबाट मकवानपुरका महेश बर्ताैला र राैतहट किरण शर्मालाई पठाउने सम्भावना रहेको छ । एमालेले रक्षा र परराष्ट्र मन्त्रालयमा भने सिनियर मध्येबाट मन्त्री बनाउने सम्भावना पनि उत्तिकै रहेको छ ।

एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य, उद्योग र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको छ । कृषि र स्वास्थ्यमा एमालेले राज्यमनत्री पठाउने सम्भावना रहेको छ । यद्यपी मन्त्रीहरू नियुक्त हुँदासम्म एमालेबाट मन्त्रालय र व्यक्ति केही हेरफेर हुन सक्छन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०७:२८