२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भनेः मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पुर्णता पाउने बताएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन ।

मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली विच वालकोटमा वार्ता भएको थियो ।

उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १५:०९