१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

लाभांश पारित गर्न नेरुडे लघुवित्तले बाेलायाे साधारण सभा, बुकक्लोज कहिले ?


२ माघ, काठमाडाैं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको १६ औँ बार्षिक साधारणसभा माघ २८ गते उद्योग संगठन मोरङको सभाहल, बिराटनगरमा ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश गरी कुल २३.१५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।  यसको अर्थ  माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:४७