२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएकोउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १५:१०