२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक सवार

१ माघ, काठमाडौं। आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा १५ जना विदेशी नागरिक रहेको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए । दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:१३