२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पोखरा विमान दुर्घटना अपडेटः ३२ जनाको शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा ३२ जनाको शव निकालिएको छ । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखराकाे सेती नदीको खोंचमा दुर्घटनामा परेको थियाे ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य थिए ।  पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १२:२४