२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रधानमन्त्री प्रचण्डद्वारा आकस्मिक मन्त्रिपरिषद् आव्हान

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् । आइतबार बिहान १०ः३० बजेको समयमा सेती खोच यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज खसेकाे छ । विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन- एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १२:१३