२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

जहाज दुर्घटनास्थलमा ३० जनाको शव भेटियो

१ माघ, पोखरा  । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘शवहरू डढेको अवस्थामा फेला परेका छन् । बाँकी यात्रुहरु पनि जीवित हुने सम्भावना कम रहेको केसीले जानकारी दिए ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज आइतबार बिहान १०ः३० बजेको समयमा सेती खोचमा खसेको थियाे ।

प्रकाशित मिति : January 15, 2023 at 12:03 pm