२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

यति एयरलाइन्सको विमान सेती खोचमा खस्यो, दुर्घटनाको थप विवरण आउन बाँकी

१ माघ, पोखरा । यति एयरलाइन्सको विमान सेती खोचमा खसेको छ । आइतबार बिहान ११ बजेको समयमा यति एयरलाइन्सको विमान सेती खोचमा खसेको भन्ने सूचना प्राप्त भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धारका लागि एम्बुलेन्सहरू दुर्घटनस्थालतर्फ पठाइएको उनले बताए ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज अन्तराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलको बीचमा खसेको बताइएको छ ।  दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ११:२२