२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने शनिबार साँझ बालुवाटार पुगेका हुन् ।

उनिहरूबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएकाे छ । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १९:००