२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सुदूरपश्चिम प्रदेशकाे सभामुखका लागि आज साँझ मतदान हुने

३० पुस, कैलाली । सुदूरपश्चिम प्रदेशमा आज साँझ ६ बजे सभामुखको निर्वाचन हुने भएकाे छ। आज दिउँसाे बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १४:३१