१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेस नेता एवम् एनटिभीका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश, यसरी रित्तिदै छ कांग्रेस

९ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका समेत रहेका नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाको हेड्कावाटरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता दाहाललाई पार्टी प्रवेश गराए ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रिय नेतृत्वमा रहेर लामो समयसम्म काम गरेका दाहालले कांग्रेसले देशका लागि काम गर्न नसक्ने भन्दै अाफू नेकपा प्रवेश गरेको बताए ।

उनले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल नेकपामात्रै भएको बताए। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरू अग्नी सापकोटा, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थित रहेका थिए । नेकपाले कांग्रेसका असन्तुष्ट नेताहरूलार्इ केही जिम्मेवारी नै दिएर भए पनि पार्टी प्रवेश गराउँदै लैजाने नीति अख्तियार गरेको छ ।

प्रकाशित मिति : September 25, 2018 at 12:29 pm