२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

संघीयताको मर्म र उद्देश्य जनताले बुझ्न सकेनन्ः मुख्यमन्त्री कार्की

२६ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्कीले संघीय संरचनाको मर्म नबुझेर बिरोध गर्नेलाई कामको माध्यमबाट चिर्नु अहिलेको सरकारको मुख्य दायित्व रहेको बताएका छन् । आज प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता अपनाउने मुलुकमध्ये सबैभन्दा कान्छो मुलुक नेपाल भएकाले पनि जनताले यसको मर्म र उद्देश्य बुझ्न नसकेको बताए । कतिपय दलहरुले यसको खारेजीको मुद्दा बनाउँदा पनि समस्या थपिएको उनले बताए ।

उनले व्यवस्थाभन्दा पनि सेवा प्रदान गर्ने संघीय संरचनालाई बुझ्न पर्ने बताए । प्रदेश स्थापित गर्ने क्षेत्रमा दलहरु चुकेको विषयलाई समीक्षा गर्दै अब सबै दल संघीयतालाई सुदृढ बनाउन एक ठाउँ उभिनु पर्ने आवश्यकतामा जोड दिए ।

कार्कीले सरकारले प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम ल्याउने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए । उनले दलहरुप्रति जनताको व्यापक असन्तुष्टि रहेकाले पनि सरकारको कार्यक्रमबाट चिर्दै लाने बताए।

मुख्यमन्त्री कार्कीले संघले प्रदेशलाई पूर्ण अधिकार दिन नचाहेको बताए । उनले संघले पाँच वर्षको अवधिमा पनि संघीय कानून निर्माण नगर्दा प्रदेशलाई अधिकार दिने कुरामा बाधा भएको बताए । संघले प्रदेश सरकारहरुलाई पूर्ण अधिकार प्रदान गर्ने आवश्यक कानुन निर्माणका लागि प्रदेश सरकारले दबाब दिने उनले बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १६:४७