५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

बिबाह अस्वीकार गर्दा नवलपुरकी २७ वर्षीया बसन्ती परियारमाथि एसिड र छुरा अाक्रमण

९ असोज, काठमाडाैँ । गण्डकी प्रदेशको नवलपुर जिल्लामा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार एसिड अाक्रमणमा परेकी हुन । एसिड अाक्रमणबाट गम्भीर घाइते भएको उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सुरेश प्रधानका अनुसार उनको अवस्था गम्भिर रहेको छ । एसिडले बसन्तीको शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ ।

देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ। बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अाफूले बिबाहको प्रस्ताव राख्दा अस्वीकार गरेकाले अाक्रमण गरेको भन्दै अाफ्नो अपराध स्वीकार गरेका छन् । बसन्ती एक छोरा र एक छोरीकी अामा हुन् । बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । अाफुलार्इ पैसा वा क्षतिपूर्ति नचाहिएको र जति खर्च लाग्छ अाफैँ व्यहोर्न तयार रहेका बसन्तीका श्रीमान  दाेसीलार्इ पनि यस्तै गराउनुपर्ने माग राखेका छन्  ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ११:३४