९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

दाेहाेराे अंकले घट्याे सेयर बजार, ७ अर्ब ६५ कराेडकाे काराेबार

२६ पुस, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेकाे छ । यस दिन २५४ वटा कम्पनीकाे २ कराेड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाेे सेयर बढेकाे छ । बैंक र म्युचुअल फण्ड समूह बढेकाे हाे । मंगलबार ङादी ग्रुप पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड २१ लाख एक हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन बाराही हाइड्राेपावर कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय १२ रूपैयाँ ७० पैसा पुगेकाे छ । आज तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १५:३८