२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल र २ मन्त्रीले लिए शपथ

२६ पुस, काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उनीहरुलाई शपथ गराएका हुन् ।

११० सदस्यीय प्रदेश सभाम नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले ७० जना सांसदको सर्मन पाएका हुन् । माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा दावी पेश गरेका जम्मकट्टेलाई प्रदेश प्रमुख शर्माले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ११:०७