१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

मेगा बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त

२५ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम सीईओमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले पुस २५ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ढकाललाई दिएको हो।

यसअघि उनी ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत थिए। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले मर्ज भएर एकीकृत कारोबार गर्दा उनी स्वैच्छिक अवकाश लिएर ग्लोबल आइएमई बैंकबाट बाहिरिएका थिए ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा रहेका छन्। इन्भेष्टमेन्ट बैंकसँग मर्जरपश्चात् पनि उहाँ सिनियर डेपुटी सीईओ बन्नेछन्। मर्जर सम्झौतामा मेगा बैंकले वरिष्ठ डेपुटी सीईओ पाउने उल्लेख छ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १७:३१