संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैनः प्रेम सुवाल
२५ पुस, काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताएका छन् ।प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए ।
जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।
प्रकाशित मिति : January 9, 2023 at 4:25 pm









