१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

सम्पूर्ण काम गर्छौं भन्दाभन्दै परिणामत गर्न सकेनौँः प्रचण्ड

८ असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनअपेक्षा अनुसार काम गर्न नसेको बताएका छन ।  जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा प्रचण्डले  भने ‘सम्पूर्ण काम गर्छौं भन्दाभन्दै परिणामतः गर्न सकेनौं  र यही अवस्था कायम रह्यो भने हामीलाई जनताले पत्याइरहनु पर्दैन र त्यो कम्युनिष्ट पार्टीका लागि दुःखद् हुन्छ।’

उनले अहिले जस्तो अनुकुल अवस्थामा पनि जनअपेक्षाअनुरुप कार्य गर्न नसकिए अर्को पटक जनताले नेकपालाई नपत्याउने बताए ।  विकासका कार्यमा प्रमुख प्रतिपक्षी दलले पनि अवरोध नगर्ने प्रतिवद्धता जनाएको भन्दै उनले नेकपाले जनचाहना बुझ्न नसके पार्टी पछाडि पर्ने बताए ।

प्रकाशित मिति : September 24, 2018 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/