अुकरणीय अनुज, अपाङ्गता भएका व्यक्तिका निम्ति लायन्स क्लब मार्फत सहयोग प्रदान
८ असोज, काठमाडाैँ । समाजसेवामा अनुकरणीय बनेका अनुज श्रेष्ठले गृह जिल्ला नुवाकोटका निम्ति विभन्न क्षेत्रमा सहयोग पुर्याउदै अाएका छन । शैक्षिक परामर्शदातृ व्यवसायी अनुजले विभिन्न संस्थामा अावद्ध रहेर सामाजिक गतिबिधिमा सहभागिता र सहयोग गर्दै अाएका छन । उनले अाइतबार लायन्स क्लव ईन्टरनेशनलकाे सहयाेगमा नुवाकोट, विदुर नगर पालिका वडा नम्बर ५ स्थित माझीटारमा रहेकाे बाैद्धिक अपाङ्गताका अभिभावक संघलाई अपाङ्ग मैत्री सामाग्री उपलब्ध गराएका छन ।
लायन्स क्लव अफ काठमाडौं ग्लाेबल टाउन, स्वयम्भू टाउन, सेन्ट्रल टाउन र सिम्रिक ग्रुपसँग समन्वय गरी उनले पाँच थान ह्वील चियर, चार थान वाकर, ३ थान हियरिङ एड र दुईथान सेताे छडी उपलब्ध गराएका छन । श्रेष्ठ लायन्स क्लव अफ काठमाडौं ग्लाेबल टाउनका अध्यक्ष समेत रहेका छन । श्रेष्ठका अनुसार सामाजिक सेवामा सक्रिय लायन्स क्लवकाे लिभिङ बाई गिभिङ अर्थात “दिएर बाँचाै” भन्ने मूल कार्यक्रम अन्तरगत यी समाग्रीहरु बितरण गरिएको हाे।
प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार १३:४९