१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेप्सेमा ५ कम्पनीको मूल्य समायोजन, कुनको सेयर भाउ कति ?

१२ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  एकै दिन ५ कम्पनीको सेयरमूल्य समायोजन गरेकाे छ । नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

१) सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३०१ रूपैयाँ ३३ पैसा हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे ।

२) नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २८७ रूपैयाँ ७७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २९६ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हाे ।

३) लुम्बिनी विकास बैंक

नेपसेले लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३६ रूपैयाँ ८९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३४७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे  ।

४) राधी विद्युत कम्पनी

नेपसेले राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २११ रूपैयाँ ९३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २२२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

५) विन्ध्यावासिनी हाइड्रोपावर

विन्ध्यावासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३६५ रूपैयाँ ७१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३८४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे । सोही मूल्यको आधारमा यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रकाशित मिति : December 27, 2022 at 4:52 pm