करिव ४ अर्बकाे काराेबार हुँदा आज यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
१२ पुस, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै सेयर बजारमा उछाल आएको हाे । लगानीकर्तामा अर्थमन्त्री पौडेलकाे आगमनसँगै सेयर बजार लयमा फर्कने आशा पलाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.८७ अकंले बढेर १९८३.९५ बिन्दुमा बन्द भएको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २० करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । त्यस्तै, नेपाल टेलिकमको १४ करोड २ लाख, हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख, नबिल बैंकको ११ करोड ३२ लाख र एनआइसी एशिया बैंकको १० करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १५:१९












