एनसीसी र कुमारी बैंककाे एकीकृत कारोबार पुस १७ गतेदेखि
१२ पुस, काठमाडाैं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को एकीकृत कारोबार पुस १७ गतेबाट हुने भएको छ। मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे ।
दुवै बैंककाे मंसिर ७ गते सम्पन्न भएकाे विशेष साधारण सभामा मर्जरकाे प्रस्ताव पारित गरिएकाे थियाे । यी दुई बैंकबीच असाेज १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए ।
दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ । नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान गरेको थियो।।
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १३:११












