२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश संशोधन, अब बाेनस र नगद कति पाइन्छ ?

१२ पुस, काठमाडाैं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित लाभांश संशोधन गरेकाे हाे ।

कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएकाे थियाे ।

राष्ट्र बैंकको निर्देशनबमोजिम नियमनकारी कोषमा समायोजनपश्चात कम्पनी सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले चुक्तापुँजी ६.५ प्रतिशत बोनस सेयर र कर प्रयाजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रकाशित मिति : December 27, 2022 at 10:29 am