७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

तपाईकाे खातामा आयाे त ४.२१ प्रतिशत लाभांश ? नआए यसाे गर्नुहाेस्

१२ पुस, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले सेयरधनीकाे खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेकाे लाभांश आफ्ना सेयधनीहरूकाे खातामा पठाएको हाे । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकको मंसिर १० गते, सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले साधारण सभाबाट पारित गरेकाे साेही  ४.२१ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएको हो ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन बैंकले अनुरोध गरेको छ । साथै बैंक खातामा प्यान विवरण समेत अद्याअधिक गराउन बैंकले भनेकाे छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १०:०६