१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कांग्रेसले खोसेको १२ सय मेगावाटको बुढिगण्डकी नेकपाले फेरि चिनियाँ कम्पनीलार्इ दियो

६ असोज, काठमाडाैँ । नेपाली कांग्रेस नेतृत्वको सरकारले चिनियाँ कम्पनीबाट खोसेको १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा नेकपा सरकारले फेरि चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय गरेको हो। यसअघि बुढिगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने तत्कालीन सरकारले गरेको निर्णय रद्ध गरिएकोमा सरकारले फेरि यस्तो निर्णय गरेको हो।

गेजुवाकाका नेपाल प्रतिनिधि दीपक भट्टले बुढिगण्डकी गेजुवालार्इ दिन राजनीतिक नेतृत्वलार्इ दबाब दिँदै अाएका थिए। गेजुवा नेपालमा विवादित चिनियाँ कम्पनी हाे। १२०० मेगावाट र वार्षिक रुपमा ४२५ करोड यूनिट विद्युत उत्पादन गर्न सक्नेक्षमता रहेको छ । यो परियोजनाको लागत करिब २ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ

प्रकाशित मिति : September 22, 2018 at 10:23 pm