४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै

११ पुस, काठमाडाैं । पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो ।

पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । अब देखि ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्ष अगाडीनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।

यस्तै सिभिल बैंकको शक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ति स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।

यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफुलहरुलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको शक्रियतामा नेपाल सरकार र राष्ट्रबैंकको डिजिटल नेपाल बनाउने अभियान शाकार हुँदै गएको छ । जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले गरिरहेको छ ।

विभिन्न शहर तथा व्यवसायलाई डिजिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रसंशा गरे ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:३८