आँधिखोला लघुवित्तले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
११ पुस, काठमाडाैं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
कम्पनीकाे पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १०:३०












