छुट्ला है ! १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ पुस, काठमाडाैं । साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको १४ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा संचालन हुनेछ ।
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १०:१४












