२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

माछापुच्छ्रे बैंकले बाेलायाे वार्षिक साधारणसभा, के-के छन् प्रस्ताव ?

८ पुस, काठमाडाैं । माछापुच्छ्रे बैंकले २४ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, सञ्चालक समितिका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्ने लगायतका प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै बैंकको सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : December 23, 2022 at 12:40 pm