सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने
८ पुस, काठमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको बिहीबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले २०७८/७९ को वित्तीय विवरणहरू स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १२:१८












