७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

साधना लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

८ पुस, काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । पुस ७ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने  छ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १०:३८