४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रभु बैंकले टाटा मोटर्स किन्दा सुलभ कर्जा दिने

७ पुस, काठमाडाैं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गबाट ग्राहकहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:२९