७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एन्काले मनायो आठौँ वार्षिकोत्सव

४ पुस, एडिलेड । एडिलेड नेपाली क्रिकेट एशोसियसन(एन्का)ले आइतवार आफ्नो स्थापनाको आठौ बार्षिक उत्सव मनाएको छ । स्थानिय साम जोन्सन खेल मैदानमा आयोजित संक्षिप्त वार्षिक उत्सव कार्यक्रममा एन्का पदाधिकारी, खेलाडी, प्रायोजकहरु सहित सहयोगीहरुको उपस्थिति केक काटिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एन्का अध्यक्ष विजय जोशी साथमा एन्का पदाधिकारी ।

कार्यक्रममा मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौलाले स्थापना काल देखि एक्सपट एजुकेशनले सक्दो सहयोग गर्दै आएको र एशोसियसनको प्रगतिले आफु उत्साहित भएको बताउदै वर्षिक उत्सवको शुभकामना व्यक्त गरे । सोहि अवसरमा वर्तौलाले गत हप्ता सम्पन्न वालवालिकाहरुका लागि संचालित उलवर्थ वलास्ट क्रिकेटका सहभागीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

एन्काका अध्यक्ष विजय जोशीले स्थापना कालको समेत स्मरण गर्दै सहयोगीहरु धन्यवाद व्यक्त गरेका थिए । एन्काका पव्लिक रिलेशन अफिसर दिपक क्षेत्रीको संचालनमा भएको कार्यक्रममा सचिव सन्तोष अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शुभकामना व्यक्त गर्दै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक बर्तौला ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ११:०४