प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?
२९ मंसिर, काठमाडाैं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भाेलि पुस १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपमा न्यूनतम १०.१३३ प्रतिशतदेखि अधिकतम १५.१३ प्रतिशतसम्म ब्याज तोकिएको छ । रेमिट्यान्स मुद्दती खातामा बैंकले १५.१३ प्रतिशत व्याज प्रदान गर्ने छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १२:५८












