२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

एचआईडिसिएलले घोषणा गर्याे लाभांश, बोनस कति ?


२९ मंसिर, काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे । ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.२६३ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १०:४४