४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजार बढि स्थानबाट भुक्तानी लिन सकिने

२८ मंसिर, काठमाडाैं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे ।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट नेपाल रेमिट इन्टरनेशनलको मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनलले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देशभर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको यस कम्पनी र बिगत एक दशकदेखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्टको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्टसँगको सम्झौता सँगै नेपाल रेमिटका ग्राहकहरूले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ११:४६