२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काभ्रेको बेथानचोकमा बस दुर्घटना, ब्रतबन्धमा गएर फर्किएका १७ जनाको मृत्यु, २० जना घाइते

२७ मंसिर, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल भन्ने स्थानमा केहीबेरअघि बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएकाे छ। ब्रतबन्धनमा सहभागी भएर पाैनती फर्किरहेका मानिसहरू चढेको बस दुर्घटनामा परेको हो ।

काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार १७ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन । उनले जिल्लाको बेथानचोक गाउँपालिकामा भएको एक ब्रतबन्धमा सहभागी भएर पनाैती फर्किरहेका मानिस दुर्घनामा परेका हुन । उनीहरूको उद्धर गरेर धुलिखेल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार २०:४६