प्रदीप पौडेलको टिप्पणीः अध्यादेश हिजो पनि गलत, आज पनि गलत
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका छन् ।
व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरेका छन् ।
‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् ।
प्रकाशित मिति : December 12, 2022 at 4:09 pm









