१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज
२६ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज मंसिर २६ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले मंसिर २७ गते जारी गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो।
राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल पुस २६ गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल फागुन ३० गते परिपक्व हुनेछ । भने राष्ट्र बैंकले ३६४ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० जेठ ३० गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १०:४८












