२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा १० प्रतिशत सम्मको छुट

२५ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रकाशित मिति : December 11, 2022 at 9:43 pm