७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा आज, १६.५१ प्रतिशत नगद लाभांश पारित हुने

२५ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको वार्षिक साधारण सभा आज मंसिर २५ आइतबार हुदैँ छ । बैंककाे ३६औँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले, मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ०९:११