१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

लाभांश पारित गर्न चिलिमे जलविद्युतले बाेलायाे साधारणसभा, बुकक्लाेज कहिले ?

२३ मंसिर, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले मंसिर २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छब्बीसाैँ वार्षिक साधारण सभा पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

लाभांश वितरण  तथा साधारण सभा प्रयाेजनका लागि कम्पनीले पुस ३ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पुस २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १३:०१