७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आउँदो शनिबार १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : December 8, 2022 at 1:14 pm