७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सिद्धार्थ बैंकले घोषणा गर्याे लाभांश, बोनस कति ?

२१ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

बैंकको मंसिर २० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १०:३७