७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै निफ्रा, कति पाइन्छ ब्याज ?

२० मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २९ गतेदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी रहेको २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् । सर्वसाधारणका लागि छुट्यायको २० लाख इकाईको ५ प्रतिशत अर्थात १ लाख इकाई सामुहिक लगानी कोषहरुलाई छुट्यायर बाँकि रहेको १९ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

७ वर्ष अवधिका लागि निष्कासन गरेको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०८५/८६’ मा बार्षिक ७ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:५६