साना किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
२० मंसिर, काठमाडाैं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १०:४०












