७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एनएमबी बैंकले घोषणा गर्यो नगद लाभांश

२० मंसिर, काठमाडाैं । एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि  सेयरधनीलाइ वितरण गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : December 6, 2022 at 10:18 am