२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

१९ मंसिर, काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आइतबारको तुलनामा अमेरिकी डलरमा कुनै पनि परिवर्तन आएको छैन ।

युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ १५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

क्यानेडियन डलर ३३ पैसाले ओरालो लागेर एकको खरिद दर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२, सिंगापुरे डलर एकको खरिद दर ९६ रुपैयाँ ०२ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ।

जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : December 5, 2022 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/